पर्सा, ३० भदौ /
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयबाट कक्षा १२ को परिक्षा दिने नक्कली परिक्षार्थीलाई पक्राउ परेको छ ।

पक्राउ परेका परिक्षाथी २० वर्षीय रामचन्द्र दास रहेको छन । वास्तविक (सन्दीप दास) परिक्षार्थीको फोटो हटाइ आफनो फोटो टासी परिक्षा हलमा परिक्षा दिन पुगेका थिए । शिक्षकलाई प्रवेश पत्र चेक गर्ने क्रममा वास्तविक व्यक्तिको साटो अर्को आएको शकं लागेर शिक्षकले प्रहरीलाई फोन गरि बोलाए ।

रामचन्द्रलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा पढाइएको प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताएका छन ।

रामचन्द्र दासमाथि शिक्षा ऐन विरुद्धको कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।


