भन्सार छली गरी ल्याएको समान, ट्रक सहित चालक प्रहरी फन्दामा

बिरगंज, ६ असोज /


पर्सा प्रहरीले अवैध रुपमा राजस्व छली भित्रयाइरहेको मालबाहक ट्रकमा मेडिकल सामान तथा खुद्रा सामानहरु सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका वडा–१४ का ४२ वर्षीय प्रमानन्द प्रसाद कुर्मी रहेको छन । उक्त ट्रक बिरगंज महानगरपालिका वडा–८ लालबंगला अगाडी सहड हुदै जनकपुर जादै गरेको ना २ ख ९७३७ नम्बर भएको ट्रकमा मेडिकल सामान र खुद्रा सामानहरु रहेको सुचना प्राप्त भएको थियो । चेक जाच गर्ने क्रममा कुर्मीले ट्रकमा लोड गरेको समानको बिलविजक नरहेकोले उक्त ट्रक चालक सहित प्रहरीले नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएका छन ।


नियन्त्रणमा लिएको मेडिकल समानहरु खुद्रा समानहरु र सवारीसाधनको ६० लाख मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी खनाले गराएको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *