आलिया भट्टको फिल्म “गंगूबाई काठियावाडी” को रिलीज डेट को घोषना , नयाँ सालमा हुनेछ धमाका

ऐजेन्सी, १४ असोज,


आजकल बलिउडका धेरै फिल्महरु रिलिज हुने चर्चामा आइरहेको छ । हाल धेरै फिल्महरुको शुटिंग चलिरहेको छ भने धेरै रिलीज हुने तैयारीमा रहेको छ । यसै बिच आलिया भट्टको अगामी फिल्म गंगूबाई काठियावाडी धेरै चर्चामा आएको छ । आलिया भट्ट यस फिल्ममा एकदमै अलग अवतारमा देखापर्ने छिन । आलिया भट संजय लीला भन्सालीको बहुप्रतिक्षित फिल्ममा अन्डरवल्र्ड डनको भुमिकामा देखापर्नेछिन ।
त्यही सिनेमाहलमा आलिया भट्टको फिल्म को रिलिज डेट सँग जुडिएको ठुला कुरा सामुने आएको छ । यस फिल्मको फस्र्ट लुक पहिला नै रिलीज भइसकेको छ । आलिया भट्टले एक पोस्ट सोसल मिडिया मार्फत सेयर गर्दै फिल्मको रिलीज डेट ६ जनवरी २०२२ मा हुनेछ भन्ने जानकारी गराएकी छिन ।


तर पछिल्लो जानकारी अनुसार, गंगुबाई काठियावाडी ओटिटि मात्र नभई सिनेमा घरमा पनि रिलीज हुनेछ । कोभिड–१९ को कारणले सरकारले सिनेमा हल बन्द गरेको कारणले गर्दा बलिउडले ओ.टि.टि मा रिलीज गर्नु बलिउडको बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *