रोशन गुप्ता /
बारा, २२ असोज
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा धुमधामका साथ विजया दशमीको पहिलो दिन जल यात्रा गरि मनाइएको थियो । विजया दशमीको पहिलो दिन घटस्थापनामा शैलपुत्री देवीको पुजापाठ गरिएको थियो भने आज ब्रह्मचारिणी देवीको पुजा गरिने छ । बारा जिल्लामा पर्ने गढिमाई स्थानमा विहानै देखि दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको छ ।

दुर्गा पुजा समितिको आयोजना विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको दिन जल यात्राको आयोजना गरेको थिए । जल यात्रा कार्यक्रममा नौवमी बस्ने भक्तहरुले जल यत्रामा सहभाथी भई जितपुर सहरको परिक्रममा गर्दै बकुलियाको दुधौरा नदीबाट जल लिई पुजा स्थल फकिएका थिए । यस जल यात्रामा हजारौ भक्तजनहरुको लागि ठाँउ–ठाँउमा फलफुल, जुस तथा सरबतको व्यवस्था पुजा समिति तथा स्थानियले गरेको थिए ।

विजया दशमीको द्धास्रो दिन जितपुर क्षेत्रमा पर्ने मन्दिर तथा पुजा पन्डालमा दर्शनार्थीहरुको विहानै देखि घुइचो लागेको छ । यसै गरि बारा जिल्ला बाहिर पनि विजया दशमीको द्धास्रो दिन पनि धुमधामको साथ मनाइदै छ ।


