दाहसंस्कार गर्न लगिएको युवतीको शव सहित परिवार सदस्य प्रहरी नियन्त्रणमा

पर्सा, २२ असोज /
पर्सा जिल्लाको बिरगंजमा दाहसंस्कार गर्न लागिएको करिब १९ वर्षीय युवतीको शव सहित परिवार सदस्यलाई प्रहरी हिरासतमा लिइएको छ । विरगंजको नरायणी अस्पतालमा शवलाई पोष्टमार्टमका लागि पढाइएको छ ।


मृत्क युवती भारतीय जयुनत खातुनको रहेको जानकारी प्राप्त भएको छ । शंकास्पद हर्कत भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएपछि प्रहरीले स्थलगतमा पुगी शव सहित थप अनुसन्धानको लागि चार जनालाई प्रहरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका छन ।


मृत्क महिलालाई शरिरभरी दाद भइसकेको थियो र सो को उपचार गराउने क्रममा औषधी दिइने गरिएको थियो । दादरको औषधी सेवन गरेपछि युवतीको जिउ सुन्निएको र रक्तस्राव भएको परिवार जनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *