बकुलिया मास्टर किंक टिमलाई फाइनल सिल्ड कपको उपाधि

बारा, २६ असोज /
बकुलियामा दशै स्पेसल नकआउट टुर्नामेन्ट फुटबल प्रतियोगिताको उपाधि मास्टर किक टिम बकुलियाले जित्न सफल भएको छ । बुधबार बिरगंज सिटी फुटबल तथा मास्टर किक टिम सँग भएको फाइनल खेलमा मास्टर किक टिम बकुलिया विजयी भएको हो ।


यसै गरि मैन अफ द मैच विरगंज सिटी फुटबलका खेलाडी रामजाने चौधरीले हात पर्न सफल भएका हुन ।

बकुलियाका शिक्षकहरुको सहकार्यमा दशै स्पेसल नकआउट टुर्नामेन्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । फुटबल खेल आयोजनामा लागेको खर्च स्थानीय तथा प्रतिनिधिहरुको पनि फाइनल खेलमा केही सहकार्य रहेको थियो । जे.एस पानी फैक्ट्रीले नगद रु ५००० तथा प्रत्येक दिन ५ कार्टुन पानी व्यवस्था दिने गरेको थियो । सबै भन्दा ज्यदा जिन्सी सहयोग गर्नेमा अनिल विश्वकर्माले रु ११ हजार १ सय ११ रुपैया सहयोग गरेका थिए ।


फुटबल कार्यक्रम २१ गते देखि संचालन गरिएको थियो भने २६ गते सम्म संचालन भएको थियो । यस खेलमा करिब १२ टिमको सहभागीता रहेको जनकारी बकुलीया शिक्षक लाल बाबु चौधरीले गराएका हुन ।


फुटबल फाइनल खेलमा खेल संचालक समितिले प्रमुख अथितिको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका को उप–प्रमुख सरस्वती चौधरी, विशिष्ट अथितिमा अनिल कुमार र वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ता ज्युलाई बोलाइएको थियो ।


फुटबलको फाइनल खेलमा सबै खेलाडीहरुले बहुत चनाखो भइ, आज धेरै राम्रो प्रस्तुती प्रसतुत गरेका छन । कोही कसै भन्दा कम न रहेको तथा इक्छा चाहना भए मान्छेले नहुने कम पनी गर्न सक्छन । स्थानीय तहले पनि खेलकुद माथी धेरै कार्यक्रम आउने गरेको तथा बालबालिका को बौधीक ब्रिधीको लागि कुनै कसर बाकी न राख्ने जानकारी उपमेयर सरस्वती चौधरीले बताएकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *