प्रेम विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ सदस्यलाई ज्युँदै जलाए

ऐजेन्सी, ६ कार्तिक /
पाकिस्तानमा छोरीले आफु खुशी विवाह गरेको भन्दै बुवाले परिवारका सात जनालाई ज्युँदै गलाएका छन । छोरीले बुवाको इक्छा विपरित प्रेम विवाह गरेको तथा समाजमा आत्मसम्मान गुमेको भन्दै परिवारको सात सदस्य लाई ज्युँदै जलाएका हुन ।


पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढमा उक्त घटना हुसेनले आफ्नो दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्यँुदै जलाउनु भएको इन्डिसेन्डेन्ट रिपोर्टका मार्फत जानकारी प्राप्त भएको हो ।


हुसेनकी छोरी फैजिया बिबिले इक्छा विपरित प्रेमविवाह गरि श्रीमान तथा नाबालक सहित माइतीमा बसेको बेला उनको बुवा हुसेनले आगो लगाएका थिए । यस घटनामा मात्र फैजिया बिबिको श्रीमान मेहबुब अहमद मात्र बचन सफल भएको थिए । अहमदले आफ्नो ज्यान बचाई तुरुन्त प्रहरीलाई जानकारी गराएका थिए ।


यस घटना बारे थप जानकारी लिनको लागि बयानको अधारमा प्रहरीले घटनामा संलग्न भएका ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।


रोयटर्सका अनुसार, प्रहरी अधिकृत अब्दुल मजिदले मृत्क फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेमविवाहको कारण दुबै परिवारमा मन मोटाव हुन्थालेको थियो । त्यसै कारण परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीले जनाएको छ । पाकिस्तानमा हरेक वर्ष करिब १ हजार भन्दा ज्यदा मानिस यसै घटनाको सिकार बन्ने गरेको हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *