काठमाण्डौँ जिल्ला प्रशासनले मास्क नलगाउने लाई १०० रुपैया जरिवाना गरिदैँ

SLF खबर
काठमाडौँ ,५ माघ /

काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा बिना मास्क घुमफिर गर्नेहरुलाई कारबाही गनेको छ ।


काठमाण्डौँको सुन्धारा र कलंकी क्षेत्रहरुमा बिना मास्क घुमफिर गर्नेहरुलाई तथा पसल संचालन गर्ने संचालकलाई जनही सय रुपैयाँका दरले कारबाही गरेको छ । यसै क्रममा प्रशासनले भाटभटेनी सुपरमार्केटमा पनि अनुगमन गरेको छ ।


सरकारले जारी गरेको निर्देशिका अनुसार २५ भन्दा बढी भेला गर्नपाइने छैन । संचालनमा आएका सबै प्रकारका व्यवस्यले स्वास्थ्य मापदण्डको पालना अनिर्वाय गर्नुपर्ने जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *