बिरगंजमा नेकपा एमाले र लोसपा गठबन्धनको घरदैलो कार्यक्रम

रोशन गुप्ता
बिरगंज, २४ बैशाख /


पर्सा जिल्लाको बिरगंज महानगरपालिकामा एमाले र लोसपा गठबन्धनको चुनावी घरदैलो कार्यक्रम गरेका छन । चुनाव नजिकिए सगै नेकपा एमाले तथा लोसपाको गढबन्धले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।


यस घरदैलो कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर पदका उमेदवार बिजय कुमार सरावगी तथा उपमेयर पदका उम्मेदवार पुरुषोतम लाल झा सहितको टोलीले वडा १० मा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।


घरदैलो कार्यक्रमलाई सम्पन्न पार्न नेता सहित सयौ कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सुर्य छाप चिन्हमा मतदान गरौ एमाले लाई भारी मतले विजयी बनाऔँ । सात सुर्य सात छाप नेकपा एमाले जिन्दाबाद नारा घरदैलो कार्यक्रममा गुन्जिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका तर्फबाट मेयर पदका उमेदवार बिजय कुमार सरावगीले बिरगंज नेपालकै नमुना नगरी बनाउनमा नेकपा एमाले जहिले पनि अग्रसर गरेको तथा शिक्षमा पनि ठुलो फडको मार्ने हो भने सुर्य चिन्हलाई मतदान गरौँ । भारी मतका साथ एमाले पार्टीलाई बिरगंज महानगरपालिकामा बिजयी बनाउन जसपालाई होइन एमाले अर्थात सुर्य चिन्हलाई विजयी बनाउन आग्रह गरे ।


२०७४ सालको स्थानीय तहको निवाचनमा बिजय कुमार सरावगी भारीमतका साथ विजयी भएका थिए । २०७९ सालमा पनि वहाँले एमाले पार्टीबाट स्थानिय तहको निवाचनमा उमेदवारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *