१ सय ६५ जनाले गरे रक्तदान, सिमरा हुलास स्टिलका संस्थापक संचालक गोल्छाको स्मृति दिन

रोशन गुप्ता
बारा, १३ साउन
/


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित हुलास स्टिल प्रा.लि मा १ सय ६५ जनाले गरे रक्तदान । यसै संस्थाको संस्थापक संचालक दिवाकर गोल्छाको तेस्रो स्मृतिको अवसरमा शुक्रबार बिहान ७ बजे देखि रक्तदान कार्यक्रमको सुरु भएको थियो ।


रक्तदान कार्यक्रममा १६५ जनाले रक्तदान गरे हुन जस मध्ये १ महिला तथा १ सय ६४ जना पुरुष रहेका थिए ।


कार्यक्रममा यसै संस्थाका विभिन्न पदका कर्मचारीहरुले रक्तदान कार्यक्रममा सहभागीता जनाएको जानकारी यसै संस्थाका सि.एफ.ओ अजय कुमार गुप्ताले गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *