नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता प्रतिनिधिसभा पठाइन्, विधेयक अपुरो रहेको

रोशन गुप्ता
बारा, २९ साउन
/


राष्ट्रपति विधादेवी भण्डारीले साउन १५ गते पारित भइआएको नागरिकता विधेयक १५ बुँदे सन्देश सहित राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाइन ।


साउन १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मको अधारमा नेपाली नागरिकता पाएका सन्तानले बंशजको नागरिकता प्राप्त गर्ने र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभाबाट पारित गरि राष्ट्रपतिसमक्ष पठाएको थियो ।


१४ दिनको अन्तराल पछि राष्ट्रपतिले विधेयक अपुरो रहेको कारणले यसमा पुनर्विचार गरिनुपर्ने भनेर प्रतिनिधिसभामा फिर्ता पढाएकी हुन ।


अब नागरिक विधेयक प्रतिनिधिसभाबाट पुनर्विचार गरि फेरी राष्ट्रपति समक्क्ष आउने अनि राष्ट्रपतिले पारित गरेपछि निर्णय कानुनी रुपलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *