रोशन गुप्ता
बारा, ३० सावन/

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा सोचे जति सहज नभएको अर्थात सत्तारुढ दलकै केही नेताले गर्दा समस्या भइरहेको मेयर बालेन्द्र शाहले बताए ।

काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या भएको कारणले गर्दा २ सय भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानिय नेताहरुको आसेपासेले लुक्दै गुलेली हान्न कसरी सम्भव भयो ? ठुला कुर्सी पाएका नेताहरु आखिर किन निरिह बन्दैछन ? बालेनले रिस पोखेका छन ।

काठमाडौँ बाट फोहोर व्यवस्थापन गर्न आज पनि त्यती सहज भएन । ठुलो कसरतको बाद मात्र २०३ वटा फोहोरका गाडीहरु बञ्चरे डाँडा लग्न सकियो ।


