९०० लिटर अबैध रक्सी बोक्ने गाडी प्रहरीलाई छलेर भाग्ने क्रममा बाइकमा ठोकेर ४ जना घाइते

रोशन गुप्ता
बारा, ०३ भादौ
/


बाराको जितपुरसिमरा उपमहानगरपालिको वडा ७ को टेढा चौकको प्रहरी चेक पवाइन्टलाई घलेर भाग्दै गाडी मोटर साइकलाई ढोकर दिदा ४ जाना गाइते भएका छन ।


टेढा चेक पवाइन्टमा खटेका प्रहरीहरुले गाडी चेक गर्दा अबैध मदिरा करिब ९ सौ लिटर पलास्टीले बाधीएको अवस्था मा रहेको थियो ।

अवैध मदिरा छलने क्रममा ना ५ च ३५८६ नम्बरको गाडी चालकले पाकिङ अवस्था मा राखिएको मोटरसाइकल प्रदेश ०३–००२ प ३९२५ लाई ठक्कर दिदा ४ जना घाइते भएका छन । गाडी चालकले अत्यधिक मात्रामा रक्सी सेवन गरे गाडी चलाई रहेको थियो । यस घटामा घाइते भएका चारै जनालाई बिरगंजको बयोधा अस्पतालमा उपचार भइरहेको छ भने गाडी चालक प्रहरी हिरासत मा रहेको जितपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक अजय रामले बताएका छ ।

अबैध मदिरा लोड गरिएको गाडीका चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा १ का ३५ वर्षका ओम प्रसाद बेद्धाल रहेका छन भने सो गाडी सवार भएका दुइ महिलाहरुको पहिचान खुल्न सकेको छैन । मोटरसाईकल चालक विरगंज महानगरपालिका –३२ का दिपेन्द्र पासवान र बलराम रहेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *