प्रदेश सभा सदस्यका उम्मेदवार चौधरी मतदातासँग मत माग्दै

रोशन गुप्ता 

बारा, ०८ कार्तिक /

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति सर्वजनिक गरे सगै बारा जिल्लामा चुनावी सदगर्मी बढन थालेको छ ।

बारा क्षेत्र नम्बर ४ को “क” बाट प्रदेश सभा सदयस्य पदका उम्मेदवार देवनारायण चौधरीले जनता सँगको भेटघाटलाई तिव्रता दिएका छन । चौधरीले नेकपा एमालेबाट प्रदेश सभाको उमेदवार बनेका छन । वाहाँले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका का वडाहरुमा मतदाता सँग भेटघाट गरेका छन ।

छातापिपरा, रमैली , जीतपुर, लोसन्डा, बलुवा, इमलीपर्ती , हरपुर, भलुही, गम्हरगाउँ , बकुलिया, नगौल, बजनी, सिमरा वडा १ र २, औराहा, बलुवाबेहरा १० नम्बर लगायतका जनतासँग भेटदै चौधरीले प्रदेश सभा निर्वाचनको लागि मतदान गर्न आग्रह गरेका छन । निर्वाचमा आफुलाई भारी मतले विजयी भएपछि गर्ने काम र योजनाका बारेमा मतदाताहरुलाई जानकारी गराइरहेका छन ।

लक्ष्मी पुजाको दिन प्रतिनिधि सभा पदका उमेदवार एकबाल मियाँ र प्रदेश सभा सदस्य देवनारायण चौधरीले जितपुरमा दिपावली तथा छठ पर्वको शुभकामना दिदै जनताहरुलाई यस पालिको निर्वाचनमा कसैको प्रलोभनमा नपरि विकास प्रेमी तथा शिक्षा सहितको भिजन भएको नेतालाई मतदान गर्न आग्रह गरेका हुन । मियाँ सहित चौधरीलाई त्यहाँका स्थानियले स्वागत गर्दै भारी भतले निर्वाचित हुने आशिवार्द समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *