निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति सर्वजनिक गरे सगै बारा जिल्लामा चुनावी सदगर्मी बढन थालेको छ ।
बारा जिल्लामा प्रतिनिधि सभा तर्फ उमेदवारी दिएका सबै भन्दा कान्छो उमेदवार क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दिएका धर्मेन्द्र कुमार साह रहेका छन । साह २७ वर्षको रहेका छन भने वहाँ भन्दा एक वर्ष ठुलो तिन उमेदवार रहेका छन ।
क्षेत्र नम्बर १ बाट जनमत पार्टीको तर्फबाट मनोज कुमार यादव, क्षेत्र नम्बर २ बाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट मेरोलाल प्रसाद यादव र क्षेत्र नम्बर २ बाट स्वतन्त्र उमेदवारी दिएका प्रशान्त कुमार यादव, यी तिनै जना २८ वर्ष उमेर रहेका छन ।
प्रतिनिधि सभा तर्फ सबै भन्दा बढी उमेर भएका उमेदवार ८१ वर्षीय कृष्ण राज गिरी रहेका छन । वहाँले क्षेत्र नम्बर १ बाट उमेदवार स्वतन्त्र रुपमा उमेदवारी दिएका छन ।