बारा–४ प्रदेशसभा २ का नवनिर्वाचित सदस्य सोनल अस्पतालमा भर्ना

रोशन गुप्ता 

बारा, ८ मंसिर /

बारा जिल्ला क्षेत्र ४ (ख) बाट ५ हजार भन्दा बढीमतले निर्वाचित जितेन्द्र सोनल अचानक स्वास्थ्यमा समस्य भएपछि अस्पतालमा भर्ना भएका छन ।

चुनावमा कड परिश्रमको कारणले वहाँको स्वास्थ्यमा समस्य विगत ३ दिन देखि रुघाखोकी र ज्वरोले पिडित भएपनि चुनावमा सहभागीता गर्दै आउनु भएको थियो । तर वहाँ निर्वाचित भएको दिन शुभकामना आदानप्रदान गरि घर फर्कदा रोगले विक्राल रुपलिदा वहाँ करिब ११ बजे अस्पतालमा भर्ना भएको जानकारी उनका स्वकीय रमेश सर्राफले बताए ।

वहाँ लोसपाका मधेश प्रदेश अध्यक्ष र पुर्वमन्त्री समेत र यसपालिको निर्वाचनमा बारा क्षेत्र ४ (ख) मा प्रदेशसभा मा भारीमतले पुन निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *