जोगियो गृहमन्त्रीको पद, सर्वोच्चको इजलासले अन्तरिम आदेश अस्वीकार

रोशन गुप्ता

बारा, २२ पुस /

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा को चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मतान्तर सहित निर्वाचित भएका थिए ।

अमेरिकी ग्रिनकार्ड त्यागेपछि वहाँले पुन नेपाली नागरिकता ग्रहन नगरेको भन्दै लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो । यस विषय बारे निर्वाचनले निर्णय नदिएपछि सो विषय सर्वोच्चमा रिट दायर भएको थियो । आज यसै रिट निवेदन तर्फबाट बहसमा अदालतले वहाँको नागरिकता अन्ततः यथावत् रहने भएको छ । यस सँगै तत्कालका लागि वहाँको सांसद पद जोगिएको तर माघ ११ गते फेरी रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुने योग्यता रहेको वा नरहेको भन्ने विषयमा पूर्ण सुनवाई हुने बारे कानुनी सल्हकारले बताएका छन । 

चितवन २ मा लामिछाने एक उत्कृष्ट पात्र भएको कारणले वहाँ माथी ठुला–ठुला आरोप नलाग्नु कुरै भएन । चुनाव मा कतै ग्रिन कार्ड, कतै धेरै स्वासनी राखेको , कतै नेपाली नागरिकताको अनादर गरेको र चुनाव पछि वहाँको श्रीमतिले अमेरीकन ब्यागको चर्चा जतात्यता अत्यधिक देख्न वा सुन्न नपाएको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *