बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका –५ बकुलियाका वडा अध्यक्ष दिपेन्द्र चौधरीले आर्थिक रुपले विपन्न स्थानियलाई सिरक बितरण गरेको छ ।
वडा कार्यालयले विनियोजन गरेको रकमबाट जाडोका कारण समस्यामा परेका करिब ३०० जनालाई सिरक बितरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । सिरक वितरण कार्यक्रमको औपचारिक उदघाटन बारा क्षेत्र नम्बर ४ को “क” बाट निर्वाचित प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए भने वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जानकारी वडा सदस्य पुनम देवी चौधरीले बताएकी हुन ।
वडा कार्यालयमा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण थारु (चौधरी) ,वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा सदस्य पुनम देवी चौधरी, वडा सदस्य विमला पासवान, वडा सदस्य इन्दल हजरा , रमन प्रसाद चौधरी , डमरु कामी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।