नेपाल आयल निगमले डिजल र मट्टितेलको मुल्य १० रुपैया प्रति लिटरले घटाएको छ । निगमले मंगलबार संचालक समितिको बसेको बैठकले डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाले घटाएको छ ।
राति १२ बजे पछि डिजेल र मट्टितेलमा १० रुपैया मुल्य घटेपछि अबको डिजेल र मट्टितेलको मुल्य १५५ रुपैया कायम हुनेछ । यस भन्दा पहिला १६९ रुपैयामा दुवै इन्धन बिक्री हुदै आएको थियो ।
अर्को तर्फ हेर्नेहोभने निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने पुरानै कायम राखेको छ ।