SLF खबर सम्वाददाता /
पर्सा , ३१ चैत्र
बिरगंज महानगरपालिका–६० स्थित बाबा होटल सडक खण्डमा चेक जाच क्रममा चाईकलमा चढी आएका एक व्यक्ति नगद ८लाख सहित प्रहरी नियन्त्रणमा । पक्राउ परेका व्यक्ति बिरगंज महानगरपालिका वडा ३ छप्कैया ४७ वर्षीय श्रीभगवान प्रसाद कलवार करिब २ बजे कालो पलासटीकमा ८ लाख रुपैया राखी साइकलमा चढिआएका थिए ।

कलवार माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरितको कसुर मुद्धा लागु हुने गरि अनुसन्धान भइरहेको जानकारी प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ओम प्रकाश खनालले बताएका हुन ।

