SLF खबर सम्वाददाता /
पर्सा, १ बैशाख
पर्साको बिरगंज बिर्ता स्थित रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिड क्याम्पस का २२ विधाथीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पहिलो चोटी १ विधार्थीलाई कोरोना संक्रमण भयो त्यस पछि १५ विधाथीहरु संक्रमित भए त्यसै गरि फेरी ६ जनालाई कोरोना संक्रमणको पुष्टि भयो । चैत्र ३१ मंगलवारको दिन कुल २२ जना विधार्थीहरुमा कोरोना संक्रमणको पुष्टि भए सगै हाल अहिले उनीहरुको सम्पर्कमा आएका सबैलाई कोरोना टेस्ट गरिएको, कोरोना संक्रमणको लिस्ट अझै बढने नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा.सरोज रोशन दासले बताएका हुन ।


