जय प्रकाश साह /
पर्सा, २ बैशाख
बिरगंज महानगरपालिका स्थित रहेको नारायणी अस्पतालमा ४२ वर्षीय महिलाको निधन भएको छ । उपचारको क्रममा करिब ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा मृत्यु भएको हो ।
कोरोना संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या सरिरमा अक्सिजन लेबल स्थिर नभएको यसको साथै ज्वरो, पखाला चल्ने लगायत लक्षण देखिएको नरायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी गराएका थिए ।
स्वास्थ्यमा समस्या आउन थाले पछि उनलाई २०७६ चैत्र २९ गते अस्पताल ८ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएको दिननै पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुुष्टि भएको थियो । अब पर्सामा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

