जय प्रकास साह /
पर्सा, २ बैशाख
बिरगंज महानगरपालिका वडा १६ स्थित शंकराचार्य गेट नजिक १४ वर्षीय बालक २ केजी गाजा सहित प्रहरी हिरासतमा परेको छन । प्रहरीलाई बालक को शंकास्पद गतिविधीको कारणले खानतलासी गर्दा गाजा फेला परेको हो । बालकले आफ्नै शरिर भरी कालो प्लाष्टिकले पेट बेरी गाजा लुकाइ राखेको थियो ।

लागु औषध सहित बालकलाई प्रहरी चौकी ईनर्वाबाट खटिएका प्रहरीले पक्राउ गरेको थिए । गाजा सहित बालकलाई प्रहरी हिरासतमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताएको हुन ।


