भारतीय युवक १४८८ एम्पुल लागु औषध सहित प्रहरी हिरासतमा

जय प्रकास साह /
पर्सा, २ बैशाख
बिरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चौक बाट प्रहरीले लागु औषध सहित प्रहरी पक्राउ गरेको छ । विहान करिब ९ बजे युवक प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पक्राउ गरेको थिए । पक्राउ परेका युवकको नाम भोला दास २५ वर्ष उमेर भएको विहार राज्य मोतिहारी स्थित घर भएको जानकरी प्राप्त भएको छ ।

पक्राउपरेको दास शंकास्पदरुपमा हिडिरहेको देखेर प्रहरीले खानतालासी गर्दा लागु औषध सहित पक्राउ परेको थियो । दासको शरिर रीतपुर्वक खानतलासी गर्दा निजले बोकेको सेतो झोलामा लुकाइएर ल्याइएको लागु औषध डाइजेपान ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी कुल १४८८ एम्पुल फेला परेको उक्त लागु औषधी बरामद गरी दासलाई प्रहरी नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा अनुुसन्धान अगाडी बढाइएको जानकारी प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *