बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उर्मिला काफ्ले सम्हाल्नुभएको छ । प्रमुख प्रशाकीय अधिकृत काफ्लेलाई उपमहानगरपालिकाका नगर प्रमुख र उप प्रमुख भोला अधिकारी लगायतले खाँदा, माला र टिका लगाएर स्वागत गरेका थिए ।
काफ्ले जितपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौरवान्वित भएकी छिन । उनलाई नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, अन्य निर्वाचित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए । उनले उपसचिव शिवजी प्रसादको स्थान लिएकी छिन, जो गत मंसिर १२ गते देखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकृतका रुपमा कार्यरत थिइन ।