आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नको लागि २ थान CCTV जडान हुदै

SLF खबर सम्वाददाता /
पाल्पा, ३ बैशाख
पाल्पा जिल्ला प्रहरी चौकी प्रभास पाल्पाले लुम्बिनी मेडिकल कलेज प्रभास सँग समन्वय गरी ४ मेगा फिक्सल २ थान केमरा को जडान हुदैछ । अपराधीक गतिविधी लाइ न्युनिकरण गर्नेमा सहजता ल्याउने आशा लिई सिसि टिभी जडान गरिदैछ । यस को साहयाताले सडक दुघटनामा भएको गतिवीधिको बारे सत्य तथ्य भिडियो मार्फत देखिने तथा सम्सयाको समाधान पनि छिटो हुनेछ । यसको अर्को फाईदा राति तिर चोरी डकैतिलाई पनि न्युनिकरणमा ठुलो भुमिका खेल्ने प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कोरोना को कहरको बेला यसले अहम भुमिका खेल्ने छ । प्रहरी कार्यलय बाटै सबै माथि निगरानी गर्ने हुने । अपराधीलाई समातीने पनि सरल तथा मानिसहरुको को भिडलाई पनि नियन्त्रण गर्ने सहज हुनेछ । काम परेमात्र घरबाट बाहिर निस्कीनुहोला बिना काम घरबाट बाहिर न निस्कीदिनुहोला पाल्पा प्रहरी कार्यलयले आम जनताहरु सँग आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *