जितपुरमा शौचालय तथा करातेको लागि कबडा छिटै निर्माण हुने

रोशन गुप्ता /
बारा, ३ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिका निमार्ण भएको करिब ४ वर्ष पार गर्दा पनि व्यपारीक नगरी जीतपुर शौचालय विहिन रहेको थियो । आम जनताहरुले पटक पटक पहल गर्दा पनि सम्बन्धीत निकार्यले कान मा तेल हालेर बसेको गुनासो यहाँका व्यपारी तथा स्थानियहरुको रहेको थियो ।

पथलैया–बिरगंज ६ लेन सडक विस्तारको क्रममा जितपुरको शौचालय भतकाइएको थियो । करिब ३ वर्ष देखि जितपुर शौचालय विहीन रहेको थियो । पुन जीतपुरमा सार्वजनिक शौचालय निर्माण गर्नेका लागि सबै प्रतिनिधि तैयार भए पनि त्यसका लागि उपयुक्त ठाउ न पाएको कारणले सार्वजनिक शौचालय बन्न सकेको थिएन ।

वषौ देखि जितपुरमा कराते खेल खेलाइने ठाउँ शौचालयको लागि उपयुक्तहुने देखिएको भएपनि करातेका सम्बन्धीत निकाय सँग केही छलफल नभइ शौचालयको कार्य अगाडी बढेको थिएन । शौचालयको लागि हाल कराते डोजो सँग सहकार्य गरि शौचालय तथा डोजोलाई व्यवस्थित बनाई डोजोको केही भाग प्रयोग गरि शौचालय निमार्ण गर्ने सहमति भएको छ । शौचालय तथा कवाड को निमार्ण वडा स्तरिय बजेट बाट निमार्ण हुने । यसको कुल खर्च १० लाख ५३ हजार २ सय रहेको जनकारी जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष रामबाबु प्र. कलवारले गराएको हुन ।

यता डोजोमा कराते खेल खेलाउने सह–प्रशिक्षक मनोज कुमार साहले जीतपुरको विकाको लागि सदेव तैयार रहेको र सार्वजनिक शौचालयको लागि साथैसाथ डोजोलाई पनि व्यवस्थित गर्दै जानु पर्ने उहाँको अवधारण रहेको छ ।

सार्वजनिक शौचालय निमार्ण समितिका अध्यक्ष प्रकास गिरीले बताएको अनुसार ३ वर्ष देखि शौचालयको खाचो भएको कारणले गर्दा जीतपुरका व्यपारी, स्थानिय तथा बाहिरबाट आएका व्यपारीहरु धेरै सास्ति खेप्दै आएका छन । आम जनताहरुको सम्स्यालार्य ख्याल गर्दै शौचालय छिटै निमार्ण हुने शौचालय निमार्ण समितिका अध्यक्षले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *