हिन्दुश्तान, हिमाचल प्रदेश
यस कोरोना महामारीको कारण धेरै देशको अर्थ तन्त्र खल बलाई सकेको छ । तर देशमा ठुलो संख्यामा व्यक्ति अझै पनि मुख र नाक ढाक्न झन्झटीलो मान्दैछन । यसै कारण देशमा दिन दुगना कोरोना संक्रमणले आफ्नो जडा फैइलाईरहेको छ । यस जडालाई काबुमा गर्नलाई हरेक देशका व्यक्तिले आफ्नो जिम्मा निभाउनुपने उतीकै जरुरी छ ।
यस महामारीको बेला भारतको धेरै भागमा मास्क नलगाउनेलाई भारु ५०० देखि ५००० हजार जरिवान सम्म लगाइएको पाइन्छ । यस्तो अवस्थामा हिमाचल प्रदेशको सिरमौल जिल्लामा पनि गिरफ्तारी गर्ने आदेश नै जारी गरेको हो । सिरमौर को एसपीले शुक्रबार भने मास्क न लगाउने व्यक्तिहरुलाई प्रहरीले जुन बेला पनि बिना वारेन्टी पक्राउ गर्न सकिन्छ । दोषी पुष्टि भएमा ८ दिन सम्म जेल वा ५००० हजार जरिवाना लाग्ने छ ।
यस भन्दा अघि हिमाचल प्रदेश को कल्लु जिल्लामा प्रशासनले मास्क नलगाएको जरिवाना शुल्क पनि बढाएको हो । यदी सार्वजनिक ठाँउमा विना मास्क को पाइएमा प्रशासनले ५००० हजार सम्म जरिवाना गर्ने आदेश भएको हो । पहिला जरिवाना शुल्क १००० हजार थियो हाल कल्लु जिल्ला प्रशासनले जरिवाना शुल्क बढेको आम जनताहरुलाई जानकारी गराएको हो ।
हिमाचल प्रदेशमा कोरोनाको बढदो कहरको कारण २ घंटामा १२ जनाको मृत्यु भएको छ । यसको साथै हिमाचल प्रदेशमा कोरोना बाट मृत्यु हुने संख्या ६०१ पुगेको छ । पछिलो २४ घण्टामा कोरोना को १६२ नयाँ कोरोना संक्रमित पुष्टि भएको छन भने कोरोनालाई हराउदै ३१३ जना निको भई घर फर्केका छन । शुक्रबार बिहान हमीरपुर र कुल्लु जिल्लामा कोरोना संक्रमित चार जनाको मृत्यु भएको छ ।

