दिवा खाजा रकम विधार्थीहरुलाई वितरण, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय

रोशन गुप्ता /
जितपुर, १२ बैशाख
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा विधार्थीहरुलाई दिवा खाजा रकम वितरण गरिएको छ । सरकारले दिवा खाजाको लागि बच्चा कक्षा देखि कक्षा ५ सम्मका सबै विधार्थीहरुको लागि प्रत्येक दिन रु १५ रुपैया को दरले दिवा खाजा बितरण हुदैआएको विधालयका प्रधानाध्यापक राजु सिंहले बताएको हुन ।


दिवा खाजा वितरणको लागि सरकारले तोकेको दिन देखिनै स्कुलाका व्यवस्थापनले नियमित खाजा वितरण गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ का वडा अध्यक्ष रामबाबु प्र. कलवारले बताएका हुन ।


श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा दिवा खाजा वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ का वडा अध्यक्ष रामबाबु प्र. कलवार, वडा सदस्यहरु, विधालयका व्यवस्थापक समितिका सदस्यहरु, स्कुलाका विधाथीहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *