बङ्गलादेशमा हिन्दु फार्मेसी व्यवसायीमाथि पेट्रोल छर्केर आक्रमण

SLF KHABAR
बङ्गलादेशको शरियतपुर जिल्लामा ५० वर्षीय हिन्दु फार्मेसी व्यवसायी खोकन चन्द्र दासमाथि बुधवार राति क्रूर आक्रमण भएको छ।

फार्मेसी बन्द गरेर घर फर्किँदै गर्दा आक्रमणकारीहरूले उनलाई कुटपिट गरी धारिलो हतियार प्रहार गर्दै पेट्रोल छर्केर जलाउन खोजेका थिए। स्थानीयको सहयोगमा उनी पोखरीमा हाम फालेर ज्यान जोगाउन सफल भए।

आक्रमणबाट खोकनको अनुहार, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनालाई लुटपाटको प्रयास भएको बताउँदै दुई आक्रमणकारीको पहिचान भइसकेको जनाएको छ।

यो घटना पछिल्ला दुई सातामा बङ्गलादेशमा हिन्दुमाथि भएको चौथो ठुलो हिंसाको घटना हो, जसले देशमा अल्पसङ्ख्यक समुदायमाथिको असुरक्षा झन् गहिरिँदै गएको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *