क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गर्दै सहज जित निकालेको हो।
स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलोले १०औँ मिनेटमा जोहान मानजाम्बीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै डान एनडोएले गोल थप्दै अग्रता दोब्बर बनाए।
खेलको ८१औँ मिनेटमा फाबियन रिडरले अर्को गोल गर्ने अवसर पाए पनि उनको प्रहार अल्जेरियाली गोलकिपरले बचाएका थिए।
यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएको छ र अब उसले कोलम्बिया तथा घानाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।