यति मात्र होइन, उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गरेर जीतपुरसिमरा र पर्सा जिल्लाकै गौरव बढाएकी छन्।
अञ्जली वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजकी छात्रा हुन्। उनी दैनिक जीतपुरबाट वीरगञ्जसम्म आवतजावत गरेर अध्ययन गर्दै यो उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी हुन्। उनको संघर्ष, अनुशासन र निरन्तर मेहनत अहिले धेरै विद्यार्थीका लागि प्रेरणाको विषय बनेको छ।
कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यो उपलब्धि गुणस्तरीय शिक्षण, अनुभवी शिक्षकको मार्गदर्शन र विद्यार्थीको अथक मेहनतको परिणाम भएको बताए।
कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जलीलाई हार्दिक बधाई दिँदै उनको सम्मानमा एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्।
अञ्जलीको सफलताले जीतपुरसिमराका विद्यार्थीहरूका लागि ठूलो प्रेरणा दिएको छ। सीमित स्रोतसाधनका बीच पनि दैनिक लामो दूरी यात्रा गर्दै हासिल गरेको यो उपलब्धिले मेहनत र दृढ संकल्प भए सफलता सम्भव हुन्छ भन्ने सन्देश दिएको छ।