बारामा पसल संचालन समय थप , जानौ कुन–कुन सेवा बन्द रहने

बारा, १८ असार
बारामा निषेधाज्ञा खुकुलो बनाउने तैयारी असार १९ गते राति ३ बजे देखि लागु हुने गरि पसल संचालन समय थप गरिएको छ । पसल संचालन समय विहान ६ बजे देखि साझा ६ बजे सम्मको लागि हुनेछ ।


सबै प्रकारका पसल विहान ६ बजे देखि साझा ६ बजे सम्म संचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाराले नयाँ आदेश जारी गरेको छ । तर संचालन हुन गरिएका सबै प्रकारका पसलमा स्वास्थ्य मापडण्ड पालना गर्नुपर्ने अनिवाय हुनेछ ।


बारा जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु जोर गतेका दिन जोर नं र बिजोर गतेको दिन बिजोर गरि संचालन गर्ने अनुमति पएको छ तर स्वास्थ्य मापडण्ड पालना अपनाउनु पर्ने अनुमति जिल्ला प्रशासन कार्यालय बाराले लागु गरेको छ ।

  • सार्वजनिक सेवा प्रवाह गर्ने संघ तथा कार्यालयहरुले आफनो कार्य क्षेत्रमा रहेको पालिकाहरुको सेवाग्राहीलाई निश्चित दिन बार तोकी टोकन प्रणाली लागु गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने व्यवस्था गरि अति आवश्यक परेका व्यक्तिहरुलाई प्रत्येक कार्य दिन दिनको ३ बजे सम्म सेवा प्रदान गर्ने छन ।
  • विधालय, क्याम्पस लगायतका सबै प्रकारका शैक्षिक संस्था, तालिम प्रशिक्षण केन्द्रहरुबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन कार्यहरु नगर्ने ।
  • बैंक तथा बित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरि सबै कार्य दिन सञ्चालन गर्ने ।
  • उधोग प्रतिष्ठान तथा निर्माण व्यवसायीहरुले आफ्नो कर्मचारी कामदारहरुलाई उधोग प्रतिष्ठान परिसरमै क्वारेन्टाइन सहित सुरक्षित राखी उत्पादन कार्यमा लगाउने ।
  • सबै प्रकारका सभा सम्मेलन, गोष्ठी , तालिम , सैमिनार सञ्चालन तथा बिवाह र कुनैप्रकारको पार्टीमा लाउडसपिकर (डि.जे) निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *