रोशन गुप्ता /
जीतपुर, १४ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले श्री कृष्ण जन्माष्टमी पर्व दिनमा चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्मपन्न गरेको छ ।

शान्तिको सन्देश फैलाउने यस केन्द्रलाई नगरको सहयोग तथा स्थानियहरुले पनि सक्दो सहयोग गर्नु पर्छ भन्दौ जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेलले कार्यक्रममा आफनो प्रतिबद्धता व्यक्त गरेको हुन ।
कृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले राधेकृष्णको चैतन्य भाँकी सगै सांस्कृतिक नृत्यको प्रस्तुति गरि धुमधामको साथ मनाईएको हो । यस कार्यक्रममा अन्तराष्ट्रिय ख्यातिप्रप्त बरिष्ठ प्रशिक्ष राजु घलेले मानिसहरुले सुख सान्तिपाउनुको लागि आफनो ह्रिदयाबाट तिन कुरा त्यागनु पर्नेहुन्छ लोभ लालच र ईष्र्र्या अनि मात्र प्रभुको स्थान मानिसहरुको मनमा हुनसक्छ भन्ने जानकारी कार्यक्रममा बताएका हुन ।

कृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रका संचालिका रेनु दिदिको अध्यक्षतामा सम्पन्न गरिएको थियो । यस कार्यक्रमा स्थानिय समाजसेवी कृष्णब्रत सिंह,मनोज कुमार साह, अफताब आलम, जीतुरसिमरा नगर उधोग वाणिज्य संघका उप–अध्यक्ष मनोज गुप्ता, जीतुरसिमरा नगर उधोग वाणिज्य संघका महा सचिव शिवजी साह सोनार , गढिमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणश साह लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा बिभिन्न स्कुलका बालबालिकाले नृत्य प्रस्तुत गरि अतिथीहरुलाई स्वागत गरेका थिए ।

