बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना

जीतपुर, २९ भदौ /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा बालदिवसको अवसरमा श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना भएको छ ।


हाजरी जवाफ कार्यक्रमका प्रमुख अथितिका रुपमा रहेका वडा अध्यक्ष रामबाबु कलवारले कार्यक्रममा बालबालिकाका अधिकार कसैले पनि हनन गर्न नहुने धारणा राखेका थिए । बालबालिकाकाहरुको सहयोगको लागि वडा अध्यक्ष तथा सदस्यहरुले बालबालिकाहरुको लागि विभिन्न कार्यक्रम तथा योजना बनाएको उनको भनाई थियो ।


विधालयका प्राधानाध्यापक राजु सिंहको अध्यक्षतामा प्रतियोगगिता भएको थियो । कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्य , स्कुलका शिक्षक, समाजसेवी नेता तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *