जीतपुरमा कलवार कल्याण समिति बैठक, पुजा धुमधामको साथ मनाइने

जीतपुर, २९ भदौ,
जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को जीतपुरमा आज कलवार कल्याण समितिको बैठक सम्मपन्न भएको छ । यस बैठकमा कलवार कल्याण पुजा उप–समिति गठन गरिएको छ । सो उप–समितिका सयोजक मनोज साहले गर्नेछन ।

कलवार समाजको कुल देवता श्री बलभद्र तथा सहत्राबाहु अर्जुन भगवानको पुजा हरेक वर्ष जस्तै यस वर्ष पनि धुमधामको साथ मनाइने तथा कोभिड–१९ को सुरक्षालाई ध्यानमा राखी आश्विन ४ गते पुजा गरिने कलवार कल्याण समितिका अध्यक्ष राजाराम साहले बताएका हुन ।


वैठक कार्यक्रममा कलवार कल्याण समितिका पधिकारीहरु तथा कलवार जातिको राम्रो उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *