कृषी मन्त्री द्धारा बौधिमाई मोडन एग्रो फरेष्ट्री प्रा. लि अनुगमन

जीतपुर, ३० भदौ /


जीतपुरसिमरा उपमहानगरपालिका को वडा ८ तथा वडा २० मा पर्ने ५५ विगहा क्षेत्रफलमा मोविल्याण्ड इन्भेष्टमेन्ट कम्पनीको १ खर्वको लगतमा बौधिमाई मोडर्न एग्रो फरेष्टी प्रा.लि ले माछा, भैसी , बाख्रा पलन संचालनमा ल्याएको छ ।


प्रदेश २ का भुमि बेवस्था कृषी सहकारी मन्त्रालय का मन्त्री बिजय यादवले अनुगम गरि बौधिमाई मोडर्न एग्रो फरेष्टी प्रा.लि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा बनाउने तथा यसमा कृषी मिउजीयको को पनि आवश्यकता रहेको बताए । यस क्षेत्रलाई विकास गर्ने जहाँ बाट जसरी भएपनि सहयोग गर्ने तथा प्रदेशको मुख्य केन्द्र विन्दु मानिएको बारा जिल्ला बुझने गरिन्छ भने त्यस जिल्लालाई सजाउनु पनि उतिकै जरुरी हुन्छ भने आजको यस अनुगमना मा वहाँले बताएका छन ।

धौलागिरी नेचुरल स्रोस एण्ड हर्वल प्रा.लि अन्र्तगत माछा पालन , बाख्रा पालन तथा हास पालन संचालन गर्दै आएको छ । त्यसै गरि बारा भैसी फार्म तथा स्रोत केन्द्र प्रा.लि ले २०० भैसी तथा १०० बाछाहरु पालन गदै आएको छ । पालन गरिएको भैसीहरुले दिने दुध बाट अनेकौ प्रकारको बस्तु जस्तो खोवा , दही र पनिर बनाउदै बिक्री गर्दैआएको छ । बाजरमा दुधको मुल्य सोचे जति नपाए पछि बारा भैसी फार्म तथा स्रोत केन्द्र प्रा.लि ले आफै अनेकौ प्रकारको बस्तु बनाउदै आएको जानकारी बौधिमाई मोडर्न एग्रो फरेष्टी प्रा.लि का सुपरभाइजर मनोज सहनीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *