बारामा आगलागीको कारणले ३ वटा पसलमा ठुलो क्षति

बारा, ११ असोज,


बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागीमा परि करिब २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।
बिजुलीको तार सर्ट भई सोमबार बिहान करिब १ बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा आगलागी भएको थियो ।


यस आगलागीबाट क्षेउका ३ पसलमा पनि क्षति भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिएका हुन ।


आगलागीका कारण कुश्वाहाको सागर मोबाईल सेन्टर, जितेन्द्र कुशवाहाको टिभी पसल र उपेन्द्रको घरमा भएका समाग्री नस्ट भएको प्रहरीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *