नेकपा एमाले बाराको अध्यक्षमा देवनारायण चौधरी चयन भए

बारा, ११ असोज /
सोमबार बसेको बैठकमा नेकपा एमाले प्रदेश नम्बर २ कार्यदल पदाधिकारीले बारा जिल्ला कमिटीको अध्यक्षमा क.देवनरायण चौधरीलाई चयन गरिएको छ ।


यस बैठकमा नेकपा एमाले जिल्ला कमिटि बारामा अध्यक्ष सहित ४ जना पदाधिकारीको चयन गरिएको छ । चयन गरिएका पदाधिकारी जिल्ला कमिटीको उपाध्यक्षमा बिनोद साह कलवार, सचिवमा महमद समिम र सह सचिवमा गोविन्द पौडेल रहेका छन । यस भन्दा पहिला पनि महम्मद भने बाराको सचिवकै जिम्मेवारीपाएका थिए ।


यस भन्दा पहिला चौधरीलाई उपा–अध्यक्षको स्थानमा रहेको थिए भने पुर्व अध्यक्ष सुन्दर विक नेकपा एकिकृत समाजवादीमा लागेपछि चौधरीलाई उपा–अध्यक्ष बाट अध्यक्ष तोकिएको छ । २०७३ सालमा भएको जिल्लाको नवौँ अधिवेशन कोल्हबीमा आयोेजना भएको बेला विकलाई अध्यक्षमा र देवनरायण चौधरीलाई उपा–अध्यक्षमा चुनिनु भएको थियो ।


नेकपा एमाले प्रदेश नं.२ कि अध्यक्ष तथा पूर्वमन्त्री ज्वाला साहको अध्यक्षतामा आजको कार्यदलको बैठकले पदाधिकारीहरुलाई चयन गरिएको जिल्ला कमिटी अध्यक्ष चौधरीले SLF खबरलाई बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *