बारा, १२ असोज,
हिन्दु धर्मका अनेक जातीले अनेक खालका पर्व मनाउदै आएका छन । सौयौ फुलका थुगा हामी भने झौ हिन्दु धर्ममा पनि धर्म एक पर्व अनेक, हरेक पर्वको एक अलग मौलिक पहिचान बोकेको हुन्छ ।

त्यसै गरि तराई क्षेत्रका आदिवासी थारु महिलाहरुले जितिया पर्व मनाउदै आएका छन । यस पर्वमा महिलाहरुले नदी तथा इनारमा गइ नुहाएर व्रतको सुरुवात गर्ने गरेका हुन्छन । मंगलवारको दिन असोज कृष्णा पक्षको सप्तमी तिथीमा नहाउने तथा दर खाने अर्को दिन भने उपास ब्रत बस्ने र विहिबार पर्वको बिसर्जन हुनेछ । अधिकान्स महिलाहरु यस बेला माइत बस्ने गरेको हुन्छन भने माइत आउन नस्कनेले महिलाहरु ससुरालीमै व्रत गर्ने गरेको हुन्छन ।

यस पर्वमा महिलाहरुले विहानै नजीक मा भएको नदी, इनार, जलासय स्थानमा स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, सिन्दुर, तेल, चढाएर पुजा गर्ने गरेका छन । घर फर्किदा महिलाहरुले आफ्ना कुल देवताको स्थानलाई पानीबाट लिपपोत गरेर पूजा गर्नेगरेका हुन्छन ।
महिलाहरुले सन्तान प्राप्ती, सन्तानका आयुव तथा परिवारमा सुख शान्ति कायमरहोस कामना गर्दै पर्व मनाउने गरेको हुन्छन । हिन्दू धार्मीक कलेन्डरको यस पटक अष्ठमी तिथि दिउँसै सुरु भएको हुनाले यस पालीको जितिया ३८ घण्टा सम्म उपवास बस्नुपर्ने देखिएको देखिएको छ ।


