जलपान सेवा कार्यक्रमबाट लाखौ व्यक्तिहरु लाभ्वान्वित, नेपाल बिहार रेडियो श्रोता संघ

पर्सा , २७ असोज /
नेपाल बिहार रेडियो श्रोता संघ द्धारा पर्सामा पर्ने बिरगंज महानगरपालिका मा पर्ने गहवामाई मन्दिरमा बडादशैँको अवसरमा विभिन्न स्थानबाट आउने श्रद्धालु र भक्तहरुका लागि जलपान कार्यक्रम (भुजा, तरकारी , जिलेबी, बिस्कुट र जुस) को व्यवस्था मिलाएको थिए । कोरोनालाई मध्ये नजर गर्दै संघले सेवा शिविरमा मास्क तथा सेनेटाइजर को पनि सुविधा मिलाएका थिए ।


नेपाल सहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलिको हजारौ संख्यामा आउने भएको हुनाले संघले सहयोग स्वरुप जलपान सेवा संचालन मा ल्याएको जानकारी सघका उपाध्यक्ष जितेन्द्र सराफ समर्पणले गराएका हुन । नेपाल बिहार रेडियो श्रोता संघले समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह अगामी दिनहरुमा पनी प्रथम श्रेणीमा राख्ने उहाँले बताएका हुन । जलपान सेवा कार्यक्रमबाट लाखौ व्यक्तिहरु लाभ्वान्वित भएको जानकारी संघका सचिव अमित कुमार गुप्ताले बताएका छन ।


जलपान सेवा कार्यक्रम संघका अध्यक्ष हरेन्द्र प्रसाद यादवको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रममा बब्लु अंसारी , बाबुलाल लामा, सुबोध कुमार श्रीवास्तव, अली अमन, सचिन सुब्वा, उतम लाल यादव, कौशल किसोर सराफ, बिनोद पटेल, चन्द्रीका साह, फुल सरिफ हवारी , संदिप साह लगाएत सघंका सम्पुर्ण टिमका सहभाथीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *