बारा, ३० असोज /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा शनिवार लोकतान्त्रीक समाजवादी पार्टीका कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । राजा राम कलवार ज्युले पुर्व मन्त्री जितेन्द्र सोनल तथा पुर्व खेलकुद मन्त्री एकवाल मियाँ लाई टिका, जमरा तथा गम्छा लगाई भेटघाट तथा शुभकामना आदान प्रदान गरेका थिए ।

पर्व मन्त्री जितेन्द्र सोनल ज्युले पार्टीका कार्यकताहरुलाई जमरा र टिका लगाई शुभकामना आदान प्रदान गरि भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए ।

लोकतान्त्री समाजवादी पार्टीका बरिष्ठ कार्यकर्ता राजा राम कलवार ज्युको मुख्य अध्यक्षतामा आजको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शिवजी साह सोनार, संदिप साह , घनश्याम गिरी तथा राकेश साह कलवार लगाएत पार्टीका सदस्यहरुको उपस्थितिमा शुभकामना तथा पार्टी भेट घाट कार्यक्रम सम्मपन्न भएको थियो ।


