नेपाल कृषी प्रधान देश मात्र किताब मै सिमित हुनेहोकी :प्रभु साह

रोशन गुप्ता /
बारा, ३० असोज
बाराको प्रसौनी गाउँपालिका वडा नं.७ बेलहियामा नेकपा एमाले द्धारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको गरेको छ । यस कार्यक्रमको मुख्य केन्द्र विन्दु बन्न सफल पुर्वमन्त्री प्रभु साह भएको थिए ।


चाहे जुन सुकै पालिका किन न हो यदी राम्रो प्रतिनिधि चुन्न असफल भयो भने दुर्गती हुने सुनिश्चित छ । पाँच दिनको लोभप्रलोभन मा परी पाँच वर्ष गुलामी गर्नेहरु होसियार, सबै गुण मिलाएर जसरी आफ्नो छोरीको विवाह गर्ने गर्नुहुन्छ ठिक त्यसतै हामीले देश चलाउने प्रतिनिधिमा त्यस तै गुण देखनुपर्ने हुन्छ । दुई नम्बर प्रदेश सरकारले हरेक वर्ष ४० अर्ब अजेट विकास गर्नेको निमित आउने गरेको हुन्छ तर अभाग्यवस त्यो बजेट मात्र भ्रष्टचारको घेरामा पर्ने गरेको हुन्छ । हाम्रो देश कृषी प्रधान देश हो भनी हामी बालबालिका उमेर देखिनै पढदै आएका छौ तर दाल, चामल, तेल, तरकारी भारत बाट ल्याउन बाध्य आखिर किन ? खरिद गरि स्वदेश ल्याउदा बोडर मा खटिएका प्रहरी बाट दैनिक उपभोग्य बस्तु भारतीय बजारबाट खरिद गरिल्याएका समान प्रहरी पक्राउ गरि ३० देखि ४० प्रतिसत पुरसकार पाउने गरेका छन । सरकारले यस्तो प्रतिसत तथा जनताहरुलाई पिडा दिने कार्य स्वीकार्य नभएको साहले कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा उपस्थित नि.वर्तमान प्रदेश संसद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा , युवा तथा समाजसेवी नेता राजन यादव, त्रिभुन साह, आई.टी आर्मी राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवाक्ता विजय निर्विज लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *