रोशन गुप्ता
जीतपुर, २ मंसिर /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ मा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यस शिविरमा आँखा, दात र फुल शरिरिक चेकजाँच निःशुल्क गरिने छ ।

शन्ति टोल फिल्डमा निःशुल्क चेक जाँच यही मंसिर ४ गते आयोजना हुने भएको छ । जितपुरसिमरा उपमहानगरपालिका कै २४ वडाहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर संचालन गरिएको जीतपुर फुटबल टिम का अध्यक्ष बिनोद पासवानले बताएका छन ।

एक दिने आँखा , दात र स्वास्थ्य चेक जाँच संचालन हुने ठाउलाई आज सरसफाई गरिएको जानकारी जितपुर फुटबल टिमका कोष अध्यक्षले गराएका छन । यस कल्बले स्थानिय स्तरमा सराहनीय कार्य विगतको दिन देखि गर्दै आइरहेको तथा मंसिर ४ गते हुने शिविरबाट लाखौ जनताहरु लाभान्वित हुनेछन भन्ने अपेक्षा गरिएको जितपुरका नेता मनोज कुमार साहले बताएका हुन ।

विरगंज समुदायीक आँखा अस्पताल तथा एभरेष्ट आँखा तथा दाँत उपचार केन्द्रको सहर्कायमा निःशुल्क शिविर संचालन हुने जानकारी जितपुर फुटबलका अध्यक्षले बताएका छन ।


