जीतपुर, २ मंसिर /

बारा जिल्ल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा २३ भलुहिमा नेकपा एमाले प्रथम वडा अधिबेसनको उदघाटन सप्पन्न गरेको छ । राष्ट्रिय गान र सहिदहरुको सम्मान एवं सम्झना गरी कार्यक्रममको थालनी गरिएको थियो ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम् प्रदेश नं २ अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष देवनारायण चौधरी , पार्टी जिल्ला उपाध्यक्ष बिनोद साह , पार्टी केन्द्रिय कमिटी सदस्य तथा जिल्ला सचिव महमद समिर, एमालेका नेता मनोज पौडेल , सृजन बजगाई , राजमहमद राय, सिता सुबेदी, चैन गरुङ, राजु राज गिरी , मोविन आलम, भुदेव चौधरी , एमाले बारा जिल्ला सदस्य असरफ अलि, कमला घिमिरे , तारा कार्की , अनिल मैनाली , सरिता सपकोटा, भोला अधिकारी , रविन्द्र खकुरेल, मुस्तकिम अन्सारी , राष्ट्रीय युवा संघ नेपाल अध्यक्ष पुरुषोतम साह, मनोज साह, असलम देवान लगायतले अधिबेशनमा सफलताको शुभकामना तथा पार्टीलाई एकढिका भई संचालन गर्न आग्रह गरेका थिए ।


