काठमाडौ, ६ मंसिर, /

घुस लिने सब इन्जिनियर दिपेन्द्र कुमार केसी विरुद्ध विशेष अदालत काठमाडौँमा मुदा दायर भएको छ । हाल केसी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौँमा कार्यरत थिए ।

२ लाख रुपैया भ्रष्टाचार गरेको भन्दै केसी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार मुदा दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका हुन ।

कलभर्ट निर्माण कार्य सम्मपन्न गरि, बिल भुक्तानी गर्ने क्रममा सेवाग्राही सँग २ लाख घुस लिएको उजुरीमा अख्तियारले २०७८ असोज १९ गते पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख बिगो कायम गरि जरिवाना तथा सजायको माग गर्दै विशेष अदालतमा मुदा दायर गर्ेको छ ।


