ट्राफिक व्यवस्थापनमा स्थानियको सहभागीता आवश्यक : उपमेयर चौधरी

बारा, २७ मंसिर /
जितपुरसिमरा उपमहा नगरपालिकाकी उपमेयर सरस्वती देवी चौधरीले देशमा दुर्घटना न्युनिकरणका लागी स्थानीयहरुले सहभागीता भए मात्र ट्राफिक व्यवस्थापन सहज हने उनले बताइन ।


ट्राफिक कार्यालय बाराको आयोजनामा एक हप्ते ट्राफिक सचेतना अभियानलाई सम्बोधन गर्दै उपमेयर चौधरीले देशको सातै प्रदेशमा भइरहेको सवारी दुर्घटनामा परि मृत्यु हुने मा प्रदेश २ पहिलो श्रेणीमा रहेको र यसलाई समयमा न्युनिकरण गर्न ट्राफिक नियमलाई पहिलो प्रथमिक्ता मा राख्ने उनले कार्यक्रम विच बताइन । ट्राफिक नियम बारे अवगत हुदाहुदै पनि हामी सडक पार गर्दागर्दै तथा सवारी साधन ओभर टेक गर्दा गर्दै दुर्घटना मा परि अकाल मृत्यु भई ज्यान गुमाउँनु परेको जानकारी गराउदै ट्राफिक नियम हाम्र्रै लागि हो यसलाई हामीले पालन गर्नपर्न उनले आग्रह गरिन ।


बारा जिल्ला ट्राफिक कार्यालय, पथलैया, बाराको ७ दिने ट्राफिक सचेतना कार्यक्रम सोमबार बाट सुरु गरेको छ । सवारी साधन प्रयोग गर्दा गति तीव्र हुनु, अनियन्त्रित , ओभरट्रयाक र सवारी चालको लापरवाहीको कारर्णले निमत्याएको दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्न भन्दै ट्राफिक सचेतना कार्यक्रम सुरु गरिएको जीतपुरका ट्राफिक प्रहरी ईन्चार्ज एवंम् ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बसनेतले बताए छन ।
कार्यक्रमको पहिलो दिन ट्राफिक नियम बारे पम्पलेट यातायात व्यवसायी, चालक तथा बिभिन्न राजनितिज्ञहरुलाई उपमेयर सरस्वती देवी चौधरीले बितरण गर्देै कार्यक्रमको उदघाटन गरेको थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *