रोशन गुप्ता
जीतपुर, २ माघ /
देशमा कोरोना तीव्र रुपमा फैलिदैगरेको बेलामा बारा जिल्लाको जितपुर प्रहरी चौकीले मास्क वितरण गरेको छ । जितपुरको विभिन्न स्थानमा सर्वसाधारणलाई कोभिड १९ को नयाँ भेरियन्टको विषयमा जनचेतना सहित प्रहरीले मास्क वितरण गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा ट्राफिक टोली सहित बारा जिल्लाको जितपुरको टेठा रोड, बजार चौक र प्रहरी चौकी कार्यालय स्थानमा जनचेतना सहित मास्क वितरण गरिएको जितपुर प्रहरी कार्यालयले जनाएको छ ।

मास्क वितरण कार्यक्रममा १००० पिस मास्क सर्वसाधारणलाई वितरण गरिएको प्रहरीले जनाएको छ ।




