कीर्ते कागज तैयार गर्ने ४ जना प्रहरी हिरासतमा

जनकपुरधाम
पुस १७
फिल्मी तरीकाले कीर्ते कागज तैयार पर्ने ४ जनालाई जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ससिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्ट एण्ड होटलबाट पक्राउ परेको छन । पक्राउ पर्नेमा एक जना भारतीय रहेको छन, भारत घर भई हाल विराटनगर महानगरपालिका-१ मा बस्दै आएका २७ वर्षीय समिर साह, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन साह , महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने २१ वर्षिय आदीत्य कुमार यादव र वडा नंबर २ का ५० वर्षीय रामचन्द्र साह रहेको छन ।
सरकारी कागजात विभिन्न कार्यालयको दस्तखत छाप कीर्ते गर्ने समान को साथ होटलको १०६ नम्बरको कोठाबाट पक्राउ भएको र पक्राउ परेका विरुद्ध अन्य अनुसन्धान भइरहेको धनुषका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी साझा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *