तनहुँ
तनहुँका कृषकहरु सुन्तला बिक्री गरी मात्र दुई गाउँबाट पाँच करोड रुपैया संकलन गरेको छन । सुन्तला विक्री गरी करोड पति हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीड र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ पर्ने सफल भएका छन ।
कृषि ज्ञान केन्द्रका तनहँुका अधिकृत कुलप्रसाद तिवारीले जानकारी प्रदान गरेको हिसाबले ल्हुंग्रीङबाट ३ करोड र उमाचोक बाट करिब २ करोड कृषकले आम्दानी प्राप्त गरेको छन ।
यदी सरकारले मात्र यस बारे ज्ञान प्रदान गरयो र सुन्य प्रतिशत मा व्याज उपल्बध गरायो भने मात्र भारतबाट सुन्तला ल्याउने अव्सथा नै शुन्य हुन जान्छ ।

यसको साथै सरकारले कृषकलाई केला रोपन बारे जानकारी प्रदान गर्नु जरुरी परेको छ । किन भने भारत बाट ९८ प्रतिशत केला देशले खरीद गर्नु परेको छ । सरकारले कृषकलाई सेवा सुवीधा व्यवस्था मिलायो भने कृषी प्रधान देश भएको अनुभव गर्ने मिल्थयो ।
आजको डेटमा हाम्रो घरमा प्राय भारतीय वस्तु अधिकान्स पाउन थालेको छ । तेल , चीन, आटा र चामल आदी बस्तु हामी भारत बाट खरिद गर्न बाध्य भएका छौ ।

